५.६५ प्रतिशतले बढ्याे नेपालीहरूकाे तलब तथा ज्यालादर
काठमाडाैं, १ पुस । चालु आर्थिक वर्षकाे कात्तिक महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ५.६५ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे प्रतिवेदन अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो सूचकाङ्क ११.४७ प्रतिशतले बढेको थियो ।
समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १.०५ प्रतिशत र ७.०५ प्रतिशतले बढेको छ ।