Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

 पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अबरुद्ध

 पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अबरुद्ध

चितवन, ११ असार ।  नारायणगढ–मुग्लिन सडक खण्डको विभिन्न स्थानमा पहिरो खस्दा  बिहानैदेखि सवारी आवागमन अबरुद्ध भएको  छ ।

गयराति परेको बर्षाको कारण सडकखण्डको जलवीरे, कालिखोला, चारकिलो र ३ नम्बर पुललगायतका स्थानमा पहिरो खस्दा सडक अबरुद्ध बनेको हो ।प्रहरीले पूरै पहिरो पन्छाउन अझैं केही घण्टा लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले जनाएको छ । अहिले पहिरो पन्छाउन काम भइरहेको छ ।

वर्षायाम लागेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध हुँदै आएको छ । पहिरो रोकथामका लागि काम भइरहेको आयोजनाले बताए पनि प्रभावकारी हुन सकेको छैन । केही दिन अघिबाट मात्र मुङ्गलिन नारायणगढ खण्ड दिनभर संचालनमा आउन शुरु गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x