तोलामा ५०० रूपैयाँले बढ्याे सुनकाे मूल्य

काठमाडौं, १७ पुस । लगातार दुई दिन स्थिर रहेकाे सुनचाँदीकाे मूल्य मंगलबार बढेकाे छ छ। सुन आज तोलामा ५ सय र चाँदी ५ रूपैयाँ बढेको हाे।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनकाे मूल्य आज ताेलाकाे १ लाख २१ हजार रुपैयाँ कायम भएकाे छ । छापावाल सुन आइतबार र सोमबार प्रतितोला १ लाख २० हजार ५ सय रुपैयाँमा काराेबार भएकाे थियो।
यता तेजावी सुन आज ताेलाकाे १ लाख २० हजार ४०० रूपैयाँ निर्धारण गरीएकाे छ । तेजावी सुन आइतबार र सोमबार प्रतितोला १ लाख १९ हजार ९०० रूपैयाँमा काराेबार भएकाे थियाे ।
यता चार दिनदेखि तोलाको १४ सय ५५ मा स्थिर रहेकाे चाँदीकाे मूल्य मंगलबार ५ रुपैयाँ बढेको छ। चाँदी प्रति तोला १४ सय ६० रुपैयाँ भएको छ।