Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

नेपाल फाइनान्सको ३१ औं वार्षिक साधारणसभा सम्पन्न

नेपाल फाइनान्सको ३१ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडाैं, २० पुस । नेपाल फाइनान्सको ३१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७९÷८० को वार्षिक वित्तीय विवरण पारित गरेको छ ।

साथै विशेष प्रस्ताव अन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्ने–गाभिने एवं प्राप्ति गर्ने कार्यका लागि संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

पछिल्लो समय नेपाल फाइनान्सको खराब कर्जा घट्दै गएको छ भने साथै निक्षेपमा समेत बढोत्तरी हुँदै गएको छ । साथै संस्थाले व्यवसायीक क्षमता अभिवृद्धिका लागि आधुनिक प्रविधिको अवलम्बन गर्ने तथा जोखिम व्यवस्थापनलाई मध्यनजर गरी जोखिम न्युनीकरणका उपायहरु अवलम्बन गरीदै लगिने नेपाल फाइनान्स लिमिटेडका अध्यक्ष हिरेन्द्रमान प्रधानले बताए।

हाल संस्थाले व्यवस्थापनलाई संस्थागत सुशासन र आन्तरीक नियन्त्रण प्रणलीलाई चुस्त बनाइ आधुनिक वित्तिय सेवा अनुरुप छरितोपन ल्याउन एवं प्रतिष्प्रर्धी बनाउन आवस्यक नीति तथा कार्यविधी तर्जुमा गर्दै आएको छ ।

यद्यपि विद्यमान वित्तीय अवस्थाका कारण शेयरधनीलाई कुनै पनि लाभांश दिइएको छैन । संस्थाका वित्तीय सूचकमा क्रमशः सुधार हुँदै गएकाले आगामी दिनमा आर्थिक गतिविधी बढ्ने तथा संस्थाको कारोबारमा समेत वृद्धिहुने अपेक्षा गरीएको सञ्चालक दिप्रश शाक्यले बताए ।

गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार संस्थाको चुक्तापूँजी ७२ करोड ९४ लाख रुपैयाँ रहेको छ । संस्थाले आफ्ना १२ वटा शाखा कार्यालय र १ विस्तारित काउण्टरमार्फत अत्याधुनिक वित्तीय सेवाहरू प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x