Date

बिहि, फाल्गुन १०, २०८०
Thu, February 22, 2024

हानले मंगलबार नेपाल सत्कार दिवस मनाउने

हानले मंगलबार नेपाल सत्कार दिवस मनाउने

काठमाडौं, १ माघ । होटल संघ नेपाल (हान) ले भोलि मंगलबार काठमाडौंमा नेपाल सत्कार दिवस–२०२४ मनाउने भएको छ । त्यसको सम्पूर्ण तयारी पूरा भएको हानले जनाएको छ ।

 

देशमा पहिलोपटक उत्सवको रूपमा आयोजना हुन लागेको उक्त दिवसमा होटल क्षेत्रको वर्तमान स्थिति, विकासका सम्भावनाहरूका साथै चुनौतीबारे प्रस्तुति रहने आयोजकले जनाएको छ।

५८ वर्षअघि माघ २ गते विधिवत रूपमा दर्ता भएको स्थापना दिवस मनाउन होटल संघले उक्त सत्कार दिवस आयोजना गरेको हो। उक्त दिन ‘नेपाल इयरबुक–२०२४’ र ‘इ–लर्निङ प्लेटफर्म’मार्फत दक्ष कामदार उत्पादनसम्बन्धी अनलाइन ट्रेनिङ प्याक पनि सार्वजनिक हुने बताइएको छ।

साथै, कार्यक्रममा उल्लेखनीय योगदान पुर्‍याउने विशिष्ट व्यक्तित्वहरू सम्मानित हुनेछन् भने सातै प्रदेशका मौलिक रैथाने खाना तथा पेय पदार्थबाट देशैभरिका करिब तीन सय होटेल व्यवसायीसहित स्वदेशी तथा विदेशी पाहुनालाई सत्कार गरिने आयोजकले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x