Date

सोम, पुस २९, २०८१
Mon, January 13, 2025

कुमारी बैंकको ४५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको ४५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं, ५ माघ । कुमारी बैंकको ४५ हजार कित्ताभन्दा बढी संस्थापक शेयर बिक्रीमा राखिएको छ। बैंकले संस्थापक शेयरधनी नन्दकिशोर श्रेष्ठको नाममा रहेको ४५ हजार ५२० कित्ता संस्थापक शेयर शुक्रबारबाट बिक्रीमा राखेको हो।

यो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

इच्छुक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालय र नक्सालस्थित कुमारी क्यापिटलको कार्यालयमा आवेदन दिन सकिनेछ।

बिक्रीमा राखिएको शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x