रिलायबल नेपालको सातौं वार्षिक साधारण सभा माघ २९ गते
काठमाडौं, ५ माघ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सातौं वार्षिक साधारण सभा माघ २९ गते बस्ने भएको छ । सभा लिसरा ब्यांक्वेट, ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने कम्पनीले जनाएको हो ।
सभामा कम्पनीले शेयधनीलाई आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट १६ प्रतिशत बोनस शेयर र कर तिर्न शून्य दशमलव ८४ प्रतिशत नगद गरी कुल १६ दशमलव ८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
यसका साथै, सभामा सर्वसाधारण शेयरधनी समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले माघ १५ गते बुक क्लोज गर्ने भएको छ । त्यसैले माघ १४ गतेसम्म कायम रहने शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।