Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

६ महिनामा निर्जीवन बीमा कम्पनीहरु आर्जन गरे १९ अर्ब ३९ कराेड बीमा शुल्क

६ महिनामा निर्जीवन बीमा कम्पनीहरु आर्जन गरे १९ अर्ब ३९ कराेड बीमा शुल्क

काठमाडौं, १२ माघ । निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८०/८१ को पुस महिनासम्ममा १९ अर्ब ३९ कराेड ६० लाख बीमा शुल्क आर्जन गरेका छन् ।  नेपाल बीमा प्राधिकरणका अनुसार कम्पनीहरुले पुस महिना सम्ममा १४ वटा निर्जीवन बीमक कम्पनीहरुले १४ लाख २१ हजार ७६ निर्जवन बीमा पोलिसी विक्री गरी १९ अर्ब ३९ कराेड ६० लाख बीमा शुल्क आर्जन गरेका हुन् ।

यस अवधिमा शिखर ईन्स्योरेन्स कम्पनीले १ लाख ५० हजार ७२२ पाेलिसी बिक्रि गरी सबैभन्दा बढी २ अर्ब ४५ कराेड ७ लाख बीमा शुल्क आर्जन गर्न सफल भएकाे छ ।

यसैगरी दाेस्राे स्थानमा सगरमाथा लुम्बिनी इन्स्याेरेन्सले  १ लाख ४८ हजार ९२ पाेलिसी बिक्रि २ अर्ब ३४ कराेड ७१ लाख बीमा शुल्क आर्जन गरेकाे छ ।

यसैगरी १ लाख ५३ हजार ८४४ पाेलिसी बिक्रि गरी १ अर्ब ९७ करोड २६ लाख रुपैयाँ संकलन गरी सिद्दार्थ प्रिमियर इन्स्याेरेन्स तेस्राे स्थानमा आएको छ ।

त्यस्तै, पुस महिनासम्म मात्र निर्जीवन बीमा कम्पनीहरूले ३ अर्ब ६७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

१४ वटा बीमा कम्पनीहरुमध्ये पुस महिनामा सबैभन्दा बढी शिखर इस्योरेन्सले ८७ करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा सबैभन्दा कम राष्ट्रिय बीमा कम्पनीले ६ करोड ७२ लाख रुपैयाँ मात्र संकलन गरेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *