बुधबार ५.९१ अंकले बढ्याे नेप्से परिसूचक
काठमाडाैं, २ फागुन । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य बढेकाे छ । मंगलबार ३०.५६ अङ्कले घटेकाे नेप्से परिसूचक आज ५.९१ अंकले बढेर दुई हजार ७६ दशमलव ५० को बिन्दुमा बन्द भएकाे हाे ।
आज १ कराेड २३ लाख ६३ हजार २७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २५ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज काराेबार भएकाे बजारमा कुल १३१ कम्पनीको सेयर मूल्य बढ्यो । कुल ११२ कम्पनीको सेयर मूल्य घट्दा ४ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
आज बैकिङ, होटल तथा पर्यटन, हाइड्रोपावर,लगानी, जीवन बिमा उपसमुह घट्यो भने विकाश बैंक, फाइनान्स, निर्जिवन बिमा, लघुवित्त र अन्य समुहका उपसूचक बढेका छन् ।