७ महिनामा नेपालबाट १० अर्ब रूपैयाँ बढीको आइरन र स्टिल निर्यात
काठमाडाैं, ९ फागुन । चालु आर्थिक वर्षको सात महिनामा नेपालबाट १० अर्ब रूपैयाँ बढीको आइरन र स्टिल निर्यात भएको छ।
भन्सार विभागको तथ्यांक अनुसार सात महिनामा नेपालले कुल निर्यातकाे ११ प्रतिशत अथवा १० अर्ब ८२ करोड रूपैयाँ बराबरको आइरन र स्टिल मात्र निर्यात गरेकाे हाे ।
गत वर्ष सात महिनाको अवधिमा भने जम्मा ५ अर्ब ८५ करोड रूपैयाँको निर्यात भएको थियो।
यो सात महिनामा नेपालले कुल ८६ अर्ब ८३ करोड रूपैयाँ बराबरको सामान निर्यात गरेको छ।