Date

बुध, माघ २, २०८१
Wed, January 15, 2025

माघ महिनासम्म ८ खर्ब ९७ अर्बको वस्तु आयात हुँदा ८६ अर्बको निर्यात

माघ महिनासम्म ८ खर्ब ९७ अर्बको वस्तु आयात हुँदा ८६ अर्बको निर्यात

काठमाडौं, १० फागुन । चालु आर्थिक वर्षको ७ महिनासम्ममा मुलुकले ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको माघ महिनासम्मको तथ्यांक अनुसार उक्त रुपैयाँ बराबरको वस्तु आयात भएको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । गत आवको ७ महिनाको तुलनामा चालु आवको ७ महिनासम्म कूल आयात २ दशमलव ३१ प्रतिशतले घटेको हो ।

त्यस्तै, ७ महिनासम्म नेपालबाट ८६ अर्ब ८३ करोड बराबरको वस्तु निर्यात भएको छ । गत वर्षको ७ महिनाको अवधिमा ९३ अर्ब ४३ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । विभागका अनुसार नेपालको निर्यात पनि ७ दशमलव शून्य ७ प्रतिशतले घटेको हो ।

७ महिनासम्म नेपालको वैदेशिक व्यापार ९ खर्ब ८४ अर्ब ७७ करोड ४८ लाख रुपैयाँ बराबरको भएको छ । गत वर्षको यही अवधिमा १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । विभागका अनुसार माघ मसान्तसम्म नेपालको व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड २९ लाख रुपैयाँ बराबर रहेको छ । गत वर्षको सोही अवधिमा ८ खर्ब २५ अर्ब ७३ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको विभागले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x