क्यानडाका लागि नवनियुक्त राजदुत पाैड्यालसँग निर्यात सहजीकरणमा भूमिका खेल्न चेम्बरकाे आग्रह

काठमाडाैं, १० फागुन । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले क्यानडाका लागि नवनियुक्त राजदुत भरतराज पाैड्यासँग निर्यात प्रवर्धनकाे पहल गर्न आग्रह गरेका छन् ।
बिहिबार चेम्बर पदाधिकारी र पाैड्यालबीच भएकाे भेटमा निर्यात प्रवर्धन र पर्यटन प्रचारमा काम गर्न आग्रह गरेका हुन् ।
नेपाली वस्तुहरुको निर्यातका लागि क्यानडा राम्रो बजार हुन सक्ने भन्दै उनले गरगहना, पस्मिना, कार्पेट, छुर्पी, घिउ लगायतका वस्तुहरुको निर्यात सहजीकरण गर्न सकिए व्यापार घाटालाई न्यूनीकरण गर्न सहयोग पुग्ने बताए ।
साथै उनले क्यानडामा नेपालीको संख्या बढिरहेकोले त्यहाँ रहेका एक नेपाली मार्फत पर्यटक भित्र्याउने वातावरण बनाउन सके नेपालको पर्यटन क्षेत्रमा टेवा पुग्ने धारणा व्यक्त गरे।