इतिहासकै उच्च बिन्दुमा सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं, २४ फागुन । आइतबारदेखि लगातार बढेकाे सुनकाे मूल्यले प्रत्येक दिन नयाँ रेकर्ड कायम गर्दै आएकाे छ । आज पनि सुनकाे मूल्यले एकैदिन ताेलामा १५०० रूपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेकाे छ ।
गत आइतबार ताेलामा २००० रूपैयाले बढेर सुनकाे मूल्य प्रतिताेला १ लाख २१ हजार रूपैयाँ पुगेकाे थियाे । यस्तै साेमबार स्थिर रहेकाे सुनकाे मूल्य पुनः मंगलबार ताेलामा २००० रूपैयाँले नै बढेर १ लाख २३ हजार रूपैयाँ कायम भएकाे थियाे ।
यस्तै हिजाे बिहिबार पनि सुनकाे मूल्य ताेलामा ५०० रूपैयाँले बढेर १ लाख २३ हजार रूपैयाँ कायम भएकाे थियाे।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य ताेलाकाे १ लाख २५००० रूपैयाँ पुगेकाे छ । याे अहिले सम्मकै उच्च मूल्य हाे । यता तेजावी सुन प्रतिताेला १ लाख २४ हजार ४०० रूपैयाँ निर्धारण भएकाे छ ।
यस्तै आज चाँदीकाे मूल्य पनि बुधबारकाे तुलनामा ३० रूपैयाँले बढेकाे छ । चाँदी आज प्रतिताेला १ हजार ४७० रूपैयाँ कायम भएकाे छ ।