दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, ३ अर्ब १९ करोडको कारोबार
काठमाडौं, २४ फागुन । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सेञ्ज (नेप्से) परिसूचक बढेको छ । बुधबार ९ दशमलव ३३ अंकले बढेको बजार बिहीबार पनि १३ दशमलव ५१ अंकले बढेर २ हजार ३० दशमलव ५५ विन्दूमा बन्द भएको हो ।
बिहीबार ३ अर्ब १९ करोड ९२ लाख रुपैयाँ बराबरको ८९ लाख २९ हजार कित्ता सेयर किनबेच भएको छ । कारोबारमा आएका कम्पनीहरुमध्ये १७७ कम्पनीको सेयरमूल्य बढेको छ भने ५९ को घटेको छ । बाँकी रहेका ११ को स्थिर छ ।
पिपल्स हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेको छ भने सर्बाधिक कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ ।