Date

शनि, जेष्ठ ५, २०८१
Sat, May 18, 2024

सर्वोत्तम सिमेन्टको सेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल नियुक्त

सर्वोत्तम सिमेन्टको सेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल नियुक्त

काठमाडौं, २८ फागुन । सर्वोत्तम सिमेन्ट लिमिटेडको सेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल लिमिटेडको भएको छ । सर्वोत्तम सिमेन्ट लिमिटेडले फागुन २५ गतेदेखिनै लागू हुने गरी सेयर रजिष्ट्रारको जिम्मेवार एनआइएमबि एस क्यापिटल लिमिटेडलाई दिएको हो ।

सर्वसाधारणमा फागुन २५ गते शुक्रबार आईपीओ बाँडफाँट सम्पन्न गरेको कम्पनीले धितोपत्र कारोबार सम्बन्धि सम्पूर्ण कार्य गर्नका लागि एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको हो । यो जिम्मेवारी पाएसँगै क्यापिटलमार्फत कम्पनीको सेयर अभिलेख राख्ने, दाखिला खारेज गर्ने, नामसारी रोक्का राख्ने लगानएतका सेयरधनीहरूको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य क्यापिटलले गर्नेछ । अब कम्पनीको सम्पूर्ण कित्ता सेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराउने कामका लागि समेत क्यापिटलले आवश्यक जिम्मेवारी पुरा गर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x