Date

शनि, बैशाख २२, २०८१
Sat, May 4, 2024

हस्तकला महासंघले गर्यो हस्तकला ग्राम स्थापना तथा संचालनको उपादेयता सम्बन्धमा बागमती प्रदेश सभाका सांसदसँग अन्तरक्रिया

हस्तकला महासंघले गर्यो हस्तकला ग्राम स्थापना तथा संचालनको उपादेयता सम्बन्धमा बागमती प्रदेश सभाका सांसदसँग अन्तरक्रिया

काठमाडौं, २८ फागुन । नेपाल हस्तकला महासंघले हस्तकला ग्राम स्थापना तथा संचालनको उपादेयता सम्बन्धमा बागमती प्रदेश सभाका सांसदसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

महासङ्घले सोमबार प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८० को सम्बन्धमा बागमती प्रदेशका प्रदेशसभा सदस्यसँग छलफल गरेको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठक थिए ।

त्यस्तै, कार्यक्रममा बागमती प्रदेश सरकारका निर्वतमान् उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, नेपाल हस्तकला महासंघका निवर्तमान् अध्यक्ष सुरेन्द्रभाई शाक्य तथा नेपाल हस्तकला महासंघका संस्थापक अध्यक्ष सागर शमशेर ज.ब.राणा लगायतको सहभागीता रहेको थियो ।

हस्तकला क्षेत्रमा पछिल्लो समय प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ११ लाख व्यक्तिहरु संलग्न रहेका छन् । भारत, चीन, लगायत समुद्पार देशहरुमा गरी वार्षिक १२ अर्ब मूल्य बराबरका हस्तकला वस्तु निकासी भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x