Date

आइत, पुस २८, २०८१
Sun, January 12, 2025

८ महिनामा सरकारले उठायो ६ खर्ब ३९ अर्ब राजस्व

८ महिनामा सरकारले उठायो ६ खर्ब ३९ अर्ब राजस्व

काठमाडाैं, १ चैत । चालु आर्थिक वर्षको ८ महिनामा ४४.९२ प्रतिशत राजस्व संकलन भएकाे छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८० साउनदेखि फागुनसम्म  सरकारी खातामा ६ खर्ब ३९ अर्ब राजस्व जम्मा भएकाे छ ।

सरकारले चालु आर्थिक वर्षको ८ महिनामा कर राजस्वबाट ५ खर्ब ७८ अर्ब, गैर कर राजस्वबाट ६० अर्ब ३७ कराेड, अनुदानबाट २ अर्ब ७५ कराेड र अन्यबाट २२ अर्ब २ कराेड उक्त राजस्व संकलन गरेकाे हाे ।

गत आर्थिक वर्षको ८ महिनामा सरकारले ४१.५३ प्रतिशत अर्थात ५ खर्ब ८२ अर्ब राजस्व संकलन भएकाे थियाे ।

गत वर्षकाे ८ महिनाकाे तुलनामा याे वर्ष राजस्व संकलनमा झिनाे सुधार देखिएकाे छ । फागुन मसान्तसम्म गत वर्ष भन्दा ३.३९ प्रतिशत बढी राजस्व संकलन भएकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x