८ महिना बितिसक्दा सरकारकाे पूँजीगत खर्च ८१ अर्ब २१ कराेड मात्र
काठमाडाैं, १ चैत । चालु आर्थिक वर्ष २०८०/८१ को ८ महिनामा सरकारकाे पूँजीगत खर्च २६.८९ प्रतिशत पूँजीगत खर्च गरेकाे छ । चालु आर्थिक वर्षमा सरकारले ३ खर्ब २० अर्ब रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य राखेकोमा फागुन मसान्तसम्म ८१ अर्ब २१ कराेड रूपैयाँ मात्र खर्च गरेकाे हाे ।
गत आर्थिक वर्ष २०७९/८० को ८ महिनामा सरकारकाे पूँजीगत खर्च २२.१५ प्रतिशत अर्थात फागुन मसान्तसम्म ४ अर्ब २५ कराेड रुपैयाँ पूँजीगत खर्च गरेकाे थियाे ।
गत वर्षकाे तुलनामा यस वर्ष सरकारकाे पूँजीगत खर्चमा झिनाे सुधार देखिएकाे छ । गत वर्षकाे तुलनामा यस वर्ष पूँजीगत खर्च ४.७४ प्रतिशतले बढेकाे हाे ।
यस्तै चालु तर्फ ११ खर्ब ४१ अर्ब ७८ कराेड ४१ लाख बजेट छुट्याइएकाेमा हाल सम्म ५ खर्ब ८२ अर्ब १० कराेड ९९ लाख मात्र खर्च भएकाे छ । जुन कुल लक्ष्यकाे ५०.९८ प्रतिशत हाे ।
यस्तै वित्तिय व्यवस्थापन तर्फ ३ खर्ब ७ अर्ब ४५ कराेड ३६ लाख बजेट छुट्याइएकाेमा १ खर्ब ३८ अर्ब २५ कराेड ८१ लाख खर्च भएकाे हाे । जुन लक्ष्यकाे ४४.९७ प्रतिशत मात्र हाे ।