Date

बिहि, बैशाख २०, २०८१
Thu, May 2, 2024

 चैतमा घरजग्गा कारोबारबाट ३ अर्ब ९४ करोड रुपैयाँ राजस्व संकलन

 चैतमा घरजग्गा कारोबारबाट ३ अर्ब ९४ करोड रुपैयाँ राजस्व संकलन

काठमाडाैं, ३ वैशाख । चैतमा घरजग्गा कारोबारबाट ३ अर्ब ९४ करोड ८१ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चैतमा ५० हजार घरजग्गाको कारोबारबाट ३ अर्ब ९४ करोड ८१ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन भएको हो ।

गत फागुनमा ५१ हजार घरजग्गा किनबेच हुँदा ३ अर्ब ५९ करोडरुपैयाँ राजस्व संकलन भएको थियाे ।फागुन महिनाको तुलनामा चैत महिनामा राजश्व संकलन ३५ करोडले रुपैयाँले बढेको हो ।

विभागका अनुसार चैतमा रजिष्ट्रेशन दस्तुरवापत २ अर्ब ४९ करोड १७ लाख ९४ हजार रुपैयाँ, पुँजीगत लाभकरवापत १ अर्ब ४६ करोड ९१ लाख ७ हजार रुपैयाँ, देशभरका मालपोत कार्यालयबाट सेवा दिएवापत सेवा करवापत ३१ करोड ५२ लाख ५० हजार रुपैयाँ, मुख्यमन्त्री स्वछता अभियान कोष शुल्क ३ करोड ४७ लाख, साढे ९८ हजार बिलम्ब शुल्क र अन्य विभिन्न सेवामार्फत् राजस्व संकलन गरेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x