१६.८२ अंकले घट्यो नेप्से परिसूचक, २ अर्ब ७९ करोडकाे काराेबार
काठमाडाैं, ३ वैशाख । नयाँ वर्षकाे दाेस्राे काराेबार दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक दाेहाेराे अंकले घटेकाे छ । आज नेप्से परिसूचक १६ दशमलव ८२ अंकले घटेर २००६ दशमलव ५२ को विन्दुमा पुगेको हाे।
आज ३१४ कम्पनीका ७२ लाख २३ हजार ७ सय ७३ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४ सय ३२ रुपैयाँकाे कारोबार भएकाे छ ।
आज सबै उपसमूहको समूहगत उपसूचक घटेका छन् । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन उपसमूहको समूहगत सूचक १.५९ प्रतिशतले घटेको छ ।