Date

आइत, बैशाख २३, २०८१
Sun, May 5, 2024

ह्ववासिन नारायणी सिमेन्ट परियोजनाको लागि ६ अर्ब ६३ करोड ४० लाख थप लगानी स्वीकृत

ह्ववासिन नारायणी सिमेन्ट परियोजनाको लागि ६ अर्ब ६३ करोड ४० लाख थप लगानी स्वीकृत

काठमाडाैं, १२ बैशाख । लगानी बोर्ड नेपालले ह्ववासिन नारायणी सिमेन्ट परियोजनाको लागि ६ अर्ब ६३ करोड ४० लाख थप लगानी स्वीकृत गरेको छ । मंगलबार प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेकाे बोर्डको ५८ औं बैठकले उक्त लगानी स्वीकृत गर्नुका साथै डाबर नेपाल प्रालिको विस्तृत परियोजना प्रतिवेदन जानकारीमा लिई परियोजना लगानी सम्झौताको मस्यौदा तयार गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ।

डाबर नेपाल प्रालिको विस्तृत परियोजना प्रतिवेदन जानकारीमा लिई परियोजना लगानी सम्झौताको मस्यौदा तयार गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ। डाबर नेपालले क्षमता विस्तार तथा उत्पादन विविधिकरणका लागि ९ अर्ब ६८ करोड रुपैयाँ पुनर्लगानीका लागि प्रस्ताव गरे अनुसार उक्त परियोजनाको विस्तृत परियोजना प्रतिवेदन प्राप्त भई बोर्डको मूल्यांकनपश्चात वार्ता प्रक्रिया अगाडी बढाइएको हो।

यस्तै बोर्ड बैठकले वैशाख १६-१७ मा आयोजना हुने तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्ववान गरिने, सोकेश गरिने, मार्केट साउण्डिङ्ग गरिने विभिन्न परियोजनाहरूको सूची स्वीकृति गरेको छ।

बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अघिल्लो बोर्ड बैठकको निर्णय कार्यान्वयन अवस्था एवं नजिकिँदै गरेको लगानी सम्मेलनको तयारीको सम्पूर्ण पक्षको विषयमा जानकारी गराए।

बैठकमा प्रधानमन्त्रीले सम्मेलन औपचारिकतामा मात्र नहोस् र प्रस्तुत गरिने परियोजनाहरू समेत इच्छासूचीको रुपमा मात्र नहुन भन्नुहुँदै लगानी सम्मेलनलाई नतिजामुखी र प्रभावकारी बनाउन स्वदेशी तथा विदेशी निजी क्षेत्रबाट हुने स्वपूँजी तथा ऋण परिचालनलाई सहजीकण गर्न मन्त्रालयहरूले विशेष इकाइ नै बनाएर अगाडि बढ्न निर्देशन दिए।

सार्वजनिक र निजी क्षेत्रको साझेदारीबाट मात्र मुलुकको समृद्धि हासिल हुने भन्दै निजी क्षेत्रलाई सुविधा दिन पुरातन सोच, पुरातन नीतिगत र कानुनी व्यवस्थाबाट सम्भव नरहेकाले नै सरकारले लगानीका अवरोध हटाउन कानुन संशोधनको कार्य अगाडि बढाएको बताए।

बैठकमा माननीय उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री घुवीर महासेठ,  उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, लगानी बोर्डका उपाध्यक्ष एवं अर्थमन्त्री वर्षमान पुन; संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङ,  सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, ऊर्जा, जलश्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी; कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साह; राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, मुख्यसचिव बैकुण्ठ अर्याल; नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, बोर्ड सदस्यहरु भवानी राणा र राजेशकाजी श्रेष्ठ तथा तथा नेपाल सरकारका सचिवहरूको उपस्थिति रहेको थियो।

बैठकमा लगानी सम्मेलनका सहआयोजकको रुपमा रहेका निजी क्षेत्रका छाता संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शका अध्यक्षहरू चन्द्रप्रसाद ढकाल, राजेशकुमार अग्रवाल र कमलेशकुमार अग्रवाललाई आमन्त्रित गरिएको थियो।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x