Date

शनि, पुस २७, २०८१
Sat, January 11, 2025

नेपाल-कतार संयुक्त वाणिज्य परिषद् स्थापना

नेपाल-कतार संयुक्त वाणिज्य परिषद् स्थापना

काठमाडौं, १२ बैशाख । नेपाल-कतार संयुक्त वाणिज्य परिषद् स्थापना भएको छ । बुधबार नेपाल र कतारका निक्षी क्षेत्रका संस्था नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बरबीच सम्झौता भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम विन हमाद अल थानीकाे उपस्थितिमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

संयुक्त वाणिज्य परिषद्को नेतृत्व नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले गर्नेछन् ।

संयुक्त वाणिज्य परिषद्को उद्देश्य कतार र नेपालका निजी क्षेत्रबीच सहकार्य र समझदारी बढाउनु रहेकाे महासंघले जनाएकाे छ ।

वैदेशिक रोजगारीका लागि नेपालीको गन्तव्य मुलुकको रूपमा चिनिँदै आएको कतारको लगानी आकर्षित गर्न र व्यापार विस्तार गर्न परिषद्ले प्रभावकारी भूमिका खेल्ने दुवै पक्षको विश्वास छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x