Date

शनि, बैशाख २२, २०८१
Sat, May 4, 2024

नेपाल लाइफले ल्यायाे ‘केटाकेटी सुनौलो भविष्य जीवन बिमा’ योजना

नेपाल लाइफले ल्यायाे ‘केटाकेटी सुनौलो भविष्य जीवन बिमा’ योजना

काठमाडौं, १३ वैशाख । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बिमा योजना सार्वजनिक भएको छ ।

बुधबार कम्पनीको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा योजना सार्वजनिक गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले उक्त बिमा योजनाको उद्घाटन गरे ।

बालबालिकाहरूको लागि स्थिर र समृद्ध भविष्य सुनिश्चित गर्नु सर्वोपरी हुने भएकोले सो आवश्यकता परिपूर्ति गर्नको लागि व्यापक कभरेज प्रदान गर्न नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बिमा योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।

योजनामार्फत आमाबाबुले आफ्नो बच्चाको सुनौलो भविष्य, गुणस्तरीय शिक्षा सुरक्षित छ भनी सुनिश्चित गर्न सक्ने र शैक्षिक खर्चदेखि बलियो आर्थिक सुरक्षा यस बिमा योजनाले प्रदान गर्ने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x