Date

शनि, जेष्ठ ५, २०८१
Sat, May 18, 2024

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत ब्रान्ड म्यानेजर

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत ब्रान्ड म्यानेजर

काठमाडाैं, १७ वैशमख । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा ग्राहकहरूले रुचाएका छन् । कम्पनीका स्टिलहरू प्रति एक्स्पोमा सहभागीहरूको विशेष चासो देख्न सकिन्छ ।

हाइड्रो एक्स्पोमा कम्पनीले विशेष गरी जलविद्युत परियोजना निर्माणका क्रममा आवश्यक पर्ने स्टिलहरूलाई प्रदर्शन गरेको थियो । नेपालमा जलविद्युतलाई दीर्घकालसम्म विकास गर्न सबैभन्दा राम्रो स्टिल प्रयोग गर्नुपर्ने भएकाले प्रिमियर स्टिलको प्रयोग गर्न सुझाव दिइएको स्टलमा रहेका कम्पनीका प्रतिनिधिहरू बताउँछन् ।

जलविद्युतको विकासले नेपालको आर्थिक विकासमा फड्को मार्ने भएकाले त्यसका लागि गुणस्तरीय र भरपर्दो स्टिल प्रयोग गर्नुपर्ने उनीहरूको भनाइ छ ।

प्रिमियर स्टिल एनएस सर्टिफाईड कम्पनी हो । यसले ८ एमएमदेखि ३६ एमएमसम्मका स्टिलहरू बनाउने गरेको छ । जुन नेपालमै पहिलो भएको कम्पनीको दावी छ ।

स्थापना २०७५ मा स्थापना भएको यस स्टिल उद्योगले घर, आवास, पुल, हाइड्रो लगायतका सबै क्षेत्रमा रड वा स्टिल हुने भएकाले प्रदर्शनीमा सहभागी भएको कम्पनीका प्रतिनिधिहरू बताउँछन् ।

३६ एमएम समूह (क्याटोगरी)मा नेपाल गुणस्तर चिह्न प्रमाणपत्र प्राप्त गर्न सफल प्रिमियर स्टिल पहिलो नेपाली कम्पनी हो प्रिमियर स्टिल कम्पनी । ३६ एमएमको छड ठूला परियोजना हाइड्रोपावर, पुल तथा ड्यामहरुको निर्माणमा प्रयोग हुँदै आएका छन् ।

यसअघि, ३६ एमएमको छड छिमेकी मुलुक भारत वा अरु देशहरुबाट आयात गर्ने गरिएको र नेपाल गुणस्तर प्रमाणपत्र प्राप्त प्रिमियर स्टिलको उत्पादनसँगै विदेशबाट आयात गर्नुपर्ने अवस्था तोडिएको ब्रान्ड म्यानेजर राउतले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x