नेपालीको प्रतिव्यक्ति आय १४ सय ५६ अमेरिकी डलर पुग्याे
काठमाडौं, १९ वैशाख । नेपालीको प्रतिव्यक्ति आय १४ सय ५६ अमेरिकी डलर पुगेको छ । नेपाल तथ्यांक कार्यालयले सार्वजिनक गरेको तथ्यांकअनुसार एक वर्षमा नेपालीको वार्षिक आय ६ हजार ७ सय ९६ रुपैयाँले बढेको हाे ।
यस्तै नेपालीको अनुमानित प्रतिव्यक्ति आय १ लाख ९४ हजार २६ रुपैयाँ ५६ पैसा पुगेको छ।
गत वर्ष सरकारले प्रतिव्यक्ति आय १४ सय १० अमेरिकी डलर हुने अनुमान गरेकामा सरकारले संशोधन गरेर १४ सय ५ डलर कायम गरेको हो ।