Date

मङ्ल, जेष्ठ ८, २०८१
Tue, May 21, 2024

पेट्राेलियम पदार्थकाे मूल्यमा हेरफेर: हवाई इन्धनकाे मूल्य बढ्दा डिजेल र मट्टितेल घट्याे

पेट्राेलियम पदार्थकाे मूल्यमा हेरफेर: हवाई इन्धनकाे मूल्य बढ्दा डिजेल र मट्टितेल घट्याे

काठमाडौं, १९ वैशाख । मंगलबार देखि लागु हुने गरी पेट्राेलियम पदार्थकाे मूल्यमा हेरफेर गरिएकाे छ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने हवाई इन्धनकाे मूल्य बढाएकाे छ। यता पेट्राेल र ग्यासकाे मूल्य भने हेरफेर भएकाे छैन ।

गए रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो भने निगमले हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ७ अमेरिकी डलरले बढाएको हाे।

अब डिजल र मट्टीतेलको मूल्य काठमाडौंमा प्रतिलिटर १५९ रूपैयाँ पर्नेछ भने हवाई इन्धनको आन्तरिकतर्फ प्रतिलिटर १३७ रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ १.०४२ डलर पर्नेछ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x