Date

शुक्र, जेष्ठ ४, २०८१
Fri, May 17, 2024

आईएमई लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

आईएमई लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं, २० वैशाख । आईएमई लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई लाभांश दिने भएको छ। कम्पनीको वैशाख १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनस सेयर र कर प्रयोजनको लागि समेत ९ दशमलव ५० प्रतिशतले हुन आउने ३८ करोड बराबरको नगद लाभांश गरि कुल ३४ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्ताले पाउँनेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x