Date

शुक्र, जेष्ठ ४, २०८१
Fri, May 17, 2024

विदेशमा रहेका नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

विदेशमा रहेका नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

काठानडाैं, २० वैशाख । सन सेक्युरिटिज प्रालिले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर छरिएर रहेका नेपाली श्रमिकहरुका लागि रेमिट डिम्याट खाता सञ्चालनमा ल्याएको छ ।

यस खाताको माध्यमबाट बिदेशमा बस्ने सम्पूर्ण नेपालीहरुलाई नेपाली पूँजी बजारमा लगानीका लागि आवश्यक रहने डिम्याट खाता, मेरो शेयर तथा ब्रोकर खाता निःशुल्क खोल्ने तथा आजिवन निःशुल्क सञ्चालन गरी कारोबार गर्ने कार्यको लागी सहजीकरण गर्र्ने कम्पनीको विश्वास रहेको छ ।

यस सेवाको मद्दतबाट विदेशमा रहेर आफ्नो पेशाबाट धेर थोर रकम जम्मा गरी नेपालको पूँजीबजारमा लगानी गर्न सहयोग पुगोस भनेर सन सेक्युरिटिजले यो सेवाको शुरुवात गरेको हो ।

सनको “मिसन ०८४, एक नेपाली एक ब्रोकर खाता” को अभियानलाई सार्थकता दिने क्रममा विदेशमा रहेका नेपालीहरुका लागि सञ्चालन गरेको यो रेमिट डिम्याट खाता विदेशमा रहेका श्रमिकका साथै विदेशमा रही अध्ययन तथा अन्य विभिन्न पेशामा आबद्ध नेपालीहरुले समेत खोल्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको वेबसाइट धधध।कगलकभअगचष्तष्भक।अयm बाट यउभल बअअयगलत मा गएर वा सिधा जततउकस्ररधधध।कगलकभअगचष्तष्भक।अयmरउयचतब।िजतm िबाट रेमिट डिम्याट खाता छनौट गरी आवश्यक कागजातहरु संलग्न गरी खाता खोल्नुका साथै सन सेक्युरिटिजका कर्मचारीहरुसमक्ष भिडियोमा उपस्थित भई भिडियो केवाइसि भेरिफाई गर्न सक्ने वा स्वयंले भिडियो केवाइसिमा दिइएको निर्देशनहरुको पालना गरी भिडियो केवाइसि भेरिफाइ गरी खाता खोल्न सकिने व्यवस्था कम्पनीले गरेको छ ।

कम्पनीले निकट भविष्यमै यस प्रोडक्टमा आबद्ध हुनुहने ग्राहकहरुका लागि बैंक वित्तिय संस्थासँगको सहकार्यमा बैंक खाता, सिआस्बा रजिष्ट्रेसन तथा कनेक्ट आइपिस समेत प्रदान गर्ने उद्देश्यले तयारी गरिरहेको छ । जसबाट ग्राहकहरुले एकद्वारबाटै पूँजी बजारमा सहभागिताका लागि आवश्यक सबै सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।

यस रेमिट डिम्याट खाताको माध्यमबाट परदेशमा रहेर नेपालको पूँजी बजारमा उचित ढंगबाट लगानी गर्न सके विदेशमा बस्दा कमाएको स–सानो बचतबाट भविष्यमा उहाँहरुको आर्थिक आत्मानिर्भरता र आर्थिक समृद्धिमा सहयोग पुग्ने विश्वास कम्पनी गरेको छ ।

यस सेवासँग आबद्ध हुने क्रममा ग्राहकरुसँग कुनै पनि जिज्ञासा वा समस्या रहेमा कम्पनीले ग्राहक सेवाका लागि कम्पनीको फेसबुक पेज जततउकस्ररधधध।ाबअभदययप।अयmरकगलकभअगचष्तष्भकटद्ध को मेसेजबाट, व्हाट्सएप तथा भाइबर नम्बर ९७६७२३३००० बाट तथा कम्पनीको सपोर्ट नम्बर ०१५९७१५०० बाट उपलब्ध गराएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x