Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

वैशाख २८ देखि सुरु हुने बजेट अधिवेशनकाे सम्पूर्ण तयारी पूरा

वैशाख २८ देखि सुरु हुने बजेट अधिवेशनकाे सम्पूर्ण तयारी पूरा

काठमाडाैं, २५ वैशाख । बजेट अधिवेशनकाे सम्पूर्ण तयारी पूरा भएकाे छ । संसद सचिवालयले अधिवेशनका लागि गर्नुपर्ने आन्तरिक व्यवस्थापन र तयारीका सबै काम पूरा गरेको जनाएकाे छ ।

गत शुक्रबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ देखि सुरु हुने गरी संघीय संसद्को बजेट अधिवेशन आह्वान गरिसकेका छन् ।

अधिवेशनमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनका साथै आर्थिक, विनियोजन र राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत हुनेछ।

सरकारले प्रत्येक वर्ष जेठ १५ गते वार्षिक आयव्ययको अनुमानित विवरण प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x