Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍याे कर्जा छुट याेजना

एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍याे कर्जा छुट याेजना

काठमाडाैं, २५ वैशाख । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न कर्जा छुट याेजना सार्वजनिक गरेकाे छ ।

बैंकले २०८० चैत्र मसान्त सम्ममा ९१ दिनदेखि १८० दिन भाका नाघेकाे समयावधिमा साधारण ब्याज रकममा १५ प्रतिशत छुट, १८१ दिनदेखी ३६५ दिन भाका नाघेकाे समयावधिमा २५ प्रतिशत छुट र ३६५ दिनभन्दा बढि भाका नाघेकाे समयावधिमा ३५ प्रतिशत छुट दिने भएकाे हाे ।

मासिक तथा त्रयमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा पर्नु भएका ग्राहकले यस योजनामा सहभागी भई लाभ लिन सक्ने छन् ।

अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको जनाएकाे छ ।

बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x