Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

‘मेक इन नेपाल–स्वदेशी’ अभियानः आगामी बजेटमा स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्ने व्यवस्था गर्ने प्रतिवद्धता

‘मेक इन नेपाल–स्वदेशी’ अभियानः आगामी बजेटमा स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्ने व्यवस्था गर्ने प्रतिवद्धता

काठमाठाैं, २५ वैशाख । आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेपाल उद्योग परिसंघले मेक इन नेपाल याेजना अघि बढाएकाे छ ।  मंगलबार काठमाडाैंमा आयोजित ‘मेक इन नेपाल–स्वदेशी’ अभियानको उद्घाटन गर्दै  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको उत्पादन र उपभोग बढाउन स्वदेशी उद्योगको प्रवर्द्धन गर्नुपर्ने बताएका छन्।

स्वदेशी उद्योग प्रवद्र्धन आवश्यकता औँल्याउँदै उद्योग मन्त्री भण्डारीले यसका लागि आगामी बजेटमा व्यवस्था हुने बताए ।

यस्तै देशको कूल गार्हस्थ्य उत्पादन (जिडिपी)मा न्यून रहेको उद्योग क्षेत्रको योगदान बढाउनु पर्ने भन्दै उनले स्वदेशी उद्योगलाई उच्च महत्व दिन पनि मन्त्रालय प्रतिबद्ध रहेकाे बताए ।उद्योग क्षेत्रको योगदान अर्थतन्त्रमा नभएसम्म आर्थिक समृद्धि नहुने उनको भनाइ छ ।

यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले ‘मेक इन नेपाल’ अभियानले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि ठोस काम गर्न नेपाल सरकार, निजी क्षेत्र एवं सरोकारवालाहरुलाई झक्झकाइरहेको बताएका छन् ।

अभियानमा १ सय ३५ स्वदेशी उद्योगहरू आबद्ध भइसकेकाे उनले जानकारी दिए । स्वदेशी अभियानमा जोडिएका उद्योगहरूका लागि नीतिगत वकालत गर्ने, नेटवर्किङ र बजारीकरणमा सहयोग गर्ने, उत्पादनको प्रवर्द्धन गर्ने लगायतका काममा परिसंघले सहयोग गर्दै आइरहेको उनकाे भनाइ छ ।

अध्यक्ष अगुवालले यस प्लेटफर्ममार्फत हाम्रा स्वदेशी सदस्यहरूका वस्तुहरूलाई अन्तर्राष्ट्रिय नेटवर्कमा पुर्‍याउने बताए ।  चालू आर्थिक वर्षको बजेट भाषणमा २० प्रतिशतसम्म महँगो भए पनि नेपाली वस्तु उपभोग गर्नुपर्ने प्रावधान कायम गरिएता पनि हालसम्म सो व्यवस्था लागू हुन नसकेकोभन्दै उनले आगामी वर्ष यस व्यवस्थालाई अनिवार्य गरिनु पर्ने बताए ।

परिसङ्घले सरकार तथा सार्वजनिक निकायलाई स्वदेशी सामान खरिद गर्न आग्रह गर्दै आइरहेको छ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x