Date

सोम, जेष्ठ ७, २०८१
Mon, May 20, 2024

बजेट पूर्वतयारी छलफलः नीजि क्षेत्रको मनोबल बढाउन पहल गर्दै सरकार

बजेट पूर्वतयारी छलफलः नीजि क्षेत्रको मनोबल बढाउन पहल गर्दै सरकार

काठमाडौं, २७ वैशाख । अर्थमन्त्री वर्षमान पुनले आउँदो बजेटका लागि मन्त्रालयले कुनै पनि विषयको अनुसन्धान गर्न मन्त्रालय अघि बढ्नुका साथै उनले नीजि क्षेत्रको मनोबल उकास्नका लागि सरकार हरदम प्रयास गरिरहेको बतएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बिहीबार आयोजना गरेको प्रि–बजेट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले प्रश्‍न उठेकै आधारमा अपराधीलाई जस्तो व्यवहार गरिनु त्रुटीपूर्ण भएको भन्दै कमजोरी सुधार गर्ने प्रतिबद्धता जनाए।

नेपाल उद्योग वाणिज्य महसंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले पुँजीगत खर्च बढाउन आग्रह गर्दै निर्माण व्यावसायीको बाँकी रकम पनि सरकारलाई भुक्तानी गर्न आग्रह गरे ।
यस्तै कार्यक्रममा अर्का वक्ता नेपाल चेम्बर अफ कमर्शमा अध्यक्ष कमलेश अग्रवालले अहिले नीजि क्षेत्र निराश रहेको र यसका लागि सरकारले तत्काल राहत प्याकेज अवधारणा लागू गर्नुपर्ने बताए । यस्तै, सोही कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले सरकारलाई भ्याट राजश्वको दर बढाउन नहुँने बताए ।

कार्यक्रममा विशेष अतिथिको रुपमा आएका डा. अच्युत वाग्लेले सरकारलाई अहिलेको अवस्थामा निर्धक्क भएर अगाडी बढ्नुपर्ने बताए । साथै, उनले आइटी क्षेत्रलाई छुट्टै नियमक निकायको स्थापना गर्नुपर्ने पनि बताए ।

यसैगरी कार्यक्रममा अर्थसचिव मधु मरासिनीले बजेट निर्माणमा विगतको भन्दा छुट्टै तरिकाले कार्य गरिरहेको बताएका छन् । साथै उनले कुनै पनि विषयको नीति निर्माण गर्दा अनुसन्धानमूलक कार्य गर्नुपर्ने बताए ।

त्यस्तै, नेपाल बैंकर्स संघका अध्यक्षले नीजि क्षेत्रको मनोबल खस्किदा यसको प्रभाव बैंकिङ क्षेत्रमा पनि परेको बताए ।

कार्यक्रममा डा. रेशम थापा, डा. विश्वास गौचन एवम् नीजि क्षेत्रका प्रतिनिधिहरुले आर्थिक वर्ष २०८१/८२ को बजेटलाई सुझाव दिएका थिए ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x