Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

निर्माण पुरा नहुदै भासियो नारायाणगढ- मुग्लिन सडक खण्ड

निर्माण पुरा नहुदै भासियो नारायाणगढ- मुग्लिन सडक खण्ड

काठमाडौ २२ असार ।  निर्माणको अन्तिम चरणमा पुगेको नारायणगढ मुग्लिङ सडक खण्ड निर्माण कार्य पुरा नहुदै कति पय स्थानमा सडक भासिन थालेको छ । बिएलए एससिसि ज्वाइन्ट भेन्चरले निर्माण गरेको आँपटारी दासढुंगा सडक खण्डको भतेरी जंगलमा सडक भासिएको हो । आँपटारीबाट करिब साढे ६ किलोमिटरको दुरीमा रहेको भतेरीको जंगलमा करिब एक सय मिटर सडक भासिएको छ । उक्त सडकको किनारमा तीन फिटसम्म भासिएको छ भने सडक किनारबाट करिब चार मिटर चौडासम्म सडक चर्किएको छ । चर्किएको सडकलाई निर्माण कम्पनीले सिमेन्ट लगाएर टाल्ने प्रयास गरेको भएपनि सडक भासिएको हो ।   सढक भासिएसगै जोखिम बढाएको छ भने सडको गुणस्तरीयता माथी प्रश्न खडा भएको छ ।

। निर्माण कम्पनीले सडक हस्तान्तरण गरेको एक वर्षसम्म सडकमा कुनै पनि क्षति भएमा त्यसको मर्मत सम्भार गर्नुपर्ने नारायणगढ मुग्लिङ सडक आयोजनाका सूचना अधिकारी ईन्जिनियर शिव खनालले बताए । भासिएको सडकको अवस्था हेरेर निर्माण कम्पनीलाई तुरुन्त सडक मर्मत गर्न लगाइने खनालको भनाइ छ । मुग्लिङ नारायणगढ सडक खण्डको काम ९४ प्रतिशत पूरा भएको छ । केही महिना अघिबाट दिउसो पनि मुग्लिन नारयाणगढ सडक खण्ड दिउसोमा पनि खुला गरिएको थियो । यसै गरी विभिन्न खण्डमा पहिरो जानेक्रम पनि नरोकिएको हुदा यातायता अवरोध पनि पटक पटक झेल्नु पर्ने बाध्यता हटेको छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x