Date

आइत, साउन ६, २०८१
Sun, July 21, 2024

संचार उद्यमी सिरोहिया पक्राउप्रति निजी छाता संगठनको आपत्ति

संचार उद्यमी सिरोहिया पक्राउप्रति निजी छाता संगठनको आपत्ति

काठमाडौं, १० जेठ ।
संचार उद्यमी कैलाश सिरोहिया पक्राउप्रति निजी क्षेत्रका छाता संगठनहरुले एक्येबद्धता जनाएका छन्।
उनिहरुले यस्तो कार्यले उद्यमी व्यवसायी तथा लगानीकर्ताको मनोबल घट्ने बताएका छन् ।

बिहिबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपालउ द्योग परिसंघ र नेपाल चेम्बर अफकमर्सले सिरोहिया पक्राउप्रति को गम्भिर ध्यानाकर्षण भएको बताएका हुन् ।

जारी संयुक्त विज्ञप्तीमा भनिएको छ, “कानुन विपरीत काम गरेको प्रमाणित भएमा जो कोही पनि कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा हामी सबै स्पष्ट छौं । तर, कुनै पनि विषयमा उजुरी परेकै भरमा पक्राउ नै गरिहाल्ने र थुन्ने जस्ता कार्यले सकारात्मक सन्देश नजाने उद्यमी व्यवसायी तथा लगानीकर्ताको मनोबल थप घट्ने तर्पm हामी ध्यानाकर्षण गराउन चाहन्छौं । ”

उजुरीकै भरमा उद्यमी, व्यवसायी वा जो कोहीलाई थुनि हाल्ने नभएर राज्यले उनीहरुका कुरा सुनिदिनु पर्ने उनहिरुको भनाइ छ । यसले समग्र क्षेत्रमा नकारात्मक असर पर्ने बताइएको छ । यसको सट्टा आवश्यक परेमा अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनेतर्फ राज्य अगाडि बढ्न निजी क्षेत्रले आग्रह गरेको छ ।

निजी क्षेत्रदे मुलुकले खेपिरहेको आर्थिक संकटको चित्रण गर्दै भर्खरै सम्पन्न लगानी सम्मेलनको लक्ष्य प्राप्तिका लागि पनि सरकारले नै व्यवसायमैत्री वातावरण खलबलाउन नहुने जारी विज्ञप्तीमा भनिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x