Date

शुक्र, मंसिर १४, २०८१
Fri, November 29, 2024

विश्व वातावरण दिवसको अवसरमा भरतपुरमा बृहत सरसफाई तथा वृक्षरोपण

विश्व वातावरण दिवसको अवसरमा भरतपुरमा बृहत सरसफाई तथा वृक्षरोपण

चितवन, २३ जेठ । विश्व वातावरण दिवसको अवसरमा भरतपुरको बाईपास सडकखण्डमा बृहत सरसफाई तथा वृक्षरोपण गरिएको छ । हाम्रो भूमि, हाम्रो भविष्य भन्ने नारासहित बुधबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

भरतपुरमा दिवसको एक कार्यक्रमका बीच भरतपुर महागनरपालिका प्रमुख रेनु दाहालले सडकको डिभाइडरमा वृक्षरोपण गरेर उद्घाटन गरेकी थिइन् ।कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख रेनु दाहालले भरतपुरलाई हरियाली र सुन्दर सहर निर्माण गर्न सबै पक्ष जुट्न जरुरी रहेको बताइन् ।

‘हरियाली महागनर’ बनाउने अभियानमा भरतपुर महानगर विगतदेखि अगाडि बढेको प्रमुख दाहाललको भनाई थियो ।

भरतपुरका मुख्य सडकलाई हरियाली नमुना सडक निर्माण गर्नेतर्फ महानगर निरन्तर रुपमा काम गरिरहेको उनले बताइन्।

विगतमा महानगरले वातावरणको क्षेत्रमा ठुलो बजेट विनियोजन गरिसकेको र आगामी आर्थिक वर्षमा पनि हरियाली विषेश बजेट विनियोजन हुने प्रमुख दाहालले प्रष्ट पारिन् ।

‘भरतपुर प्रकृतिको धनी सहर हो, उनले भनिन्,‘दुई वटा ठुला नदी र चारैतिर हरियाली जंगल छ । अब यसलाई व्यवस्थित र आर्कषक बनाउनेतर्फ सबै जुट्न जरुरी छ । नेपालमै हरियाली सहरको परिचय स्थापित गर्ने गरी भरतपुरले काम गर्दैछ।’

कार्यक्रममा बोल्दै उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन सरसफाई कार्यक्रम महत्वपूर्ण हुने उल्लेख गरीन् ।

दिवसको अवसरमा बुधबार विहान बासपार्कचोकदेखि आँपटारीसम्म दुई समूहमा सरसफाई गरिएको हो । यस्तै स्काउट, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्कुलका विद्यार्थीहरूको पनि सहभागिता रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x