Date

शुक्र, मंसिर १४, २०८१
Fri, November 29, 2024

नेप्से परिसूचक ५.५८ अंकले घट्याे, ३ अर्ब ९९ करोडको काराेबार

नेप्से परिसूचक ५.५८ अंकले घट्याे, ३ अर्ब ९९ करोडको काराेबार

चितवन, २३ जेठ । बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक सामान्य अंकले घटेकाे छ । आज नेप्से परिसूचक ५.५८ अंकले घटेर २ हजार ७९ दशमलव ७१ पुगेर बन्द भएकाे छ ।

आज काराेबार भएकाे बजारमा १५८ कम्पनीका सेयर मूल्य घटेकाे छ भने ८३ वटाकाे बढेकाे छ । यस्तै ६ कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ ।

आज कारोबार रकम पनि घटेको छ ।मंगलबार ८३ लाखभन्दा धेरै कित्ता शेयर ४ अर्ब ८ करोड रुपैयाँमा कारोबार भएकोमा आज ३ अर्ब ९९ करोड रुपैयाँको ८० लाख ८२ हजार कित्ता शेयर किनबेच भएको छ ।

आज काराेबार भएकाे बजारमा फाइनान्स, उत्पादन तथा प्शाेधन, माइक्राेफाइनान्स र म्युचिअल फण्ड समुह बढेका छन् भने अन्य घटेका छन् ।आज भगवती हाइड्राेपावर विकास कम्पनीकाे सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेकाे छ ।

 

 

 

 

 

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x