परराष्ट्र मन्त्री राणा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता, नेपालबाट थप बिजुली आयात बारे छलफल
काठमाडाैं, ४ भदाै । परराष्ट्रमन्त्री आरजु राणा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भारतको औपचारिक भ्रमणका क्रममा रहेकी परराष्ट्रमन्त्री राणाले नयाँ दिल्लीमा सोमबार साँझ मोदीसँग भेटवार्ता गरेकी हुन् ।
भेटका क्रममा नेपाल–भारत बहुआयामिक सम्बन्धका विविध पक्ष तथा दुई देशको आपसी हित र सरोकारका विषयमा कुराकानी भएको उनले आफ्नो सामाजिक सञ्जालबाट जानकारी दिएकी छिन् ।
द्विपक्षीय राजनीतिक भेटका क्रममा नेपालबाट बिजुली आयात र नेपाली क्रिकेट टोलीलाई बेंगलोरमा प्रशिक्षणबारे कुराकानी भएको पनि जनाइएको छ।
यसअघि उनले समकक्षी एस जयशंकरसँग भेट गरेकी थिइन्। भेटमा जयशंकरले छिमेकी पहिलो नीति अन्तर्गत नेपाल भारतको प्राथमिकतामा रहेको साझेदार रहेको बताएका थिए।