नबिल बैंकको दशैँ अफर सार्वजनिक
काठमाडाैं, १४ असाेज । नबिल बैंकले दशैं तिहार छट लक्षित सवारी साधनमा आकर्षक ‘अफर’ सार्वजनिक गरेको छ ।
बैंकले अटो लोनमा ५ वर्षका लागि वार्षिक ८.२५ प्रतिशत र ७ वर्षका लागि ८.४९ प्रतिशत ब्याजदर उपलब्ध गराउने जनाएको छ ।
बैंकले निजी सवारी साधन खरिद गर्दा ७ वर्षका लागि ८० लाख सम्म लोन उपलब्ध गराउनेछ । व्यावसायिक सवारी साधनका लागि रु ८० लाख लोन पाँच वर्षका लागि उपलब्ध गराउने जनाएको छ ।