Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

विपद्का बेला परेका दाबी भुक्तानी छिटो गर्न प्राधिकरणको निर्देशन

विपद्का बेला परेका दाबी भुक्तानी छिटो गर्न प्राधिकरणको निर्देशन

काठमाडाैं, १४ असाेज । नेपाल बिमा प्राधिकरणले विपद्का बेला परेका दाबी सरलीकरण तथा छिटो दाबी भुक्तानी गर्न निर्देशन दिएको छ ।आइतबार बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँगको छलफलमा अध्यक्ष सूर्यप्रसाद सिलवालले बाढी तथा पहिरोबाट भएको क्षतिको बिमा दाबीलाई सरलीकरण गर्ने र छिटो दाबी भुक्तानी गर्ने निर्देशन दिएका हुन् ।

बिमा कम्पनीहरूले दाबी भुक्तानी दिँदैनन्, अनावश्यक झमेला दिन्छन् भन्ने भ्रम हटाउन पनि कम्पनीहरूले छिटो दाबी भुक्तानी दिनुपर्ने भएको उनले बताए ।

‘हालैको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोबाट नागरिकको घर, सम्पत्ति तथा संरचनाहरूमा भएको क्षतिको बिमा दाबी भुक्तानी यथासम्भव छिटो गर्नुहुन आग्रह गर्दछु,’ अध्यक्ष सिलवालले भने ।

हाल विशेष परिस्थिति भएकाले सामान्य अवस्थामा आवश्यक पर्ने दाबी भुक्तानीसम्बन्धी कागजातमध्ये प्रहरी प्रतिवेदन र सम्बन्धित निकायको सिफारिसलगायत कागजात आवश्यक नपर्ने व्यवस्था मिलाइदिन पनि उनले आग्रह गरे ।

यस्तै अन्य कागजातहरूको सूचीसमेत छोटो पार्न र बिमा सर्भेयरहरूलाई तोकिएकै समय सीमाभित्र प्रतिवेदन पेस गर्न पनि प्राधिकरणले निर्देशन दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x