Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

४४.४५ अंकले बढ्याे नेप्से परिसूचक, कारोबार रकममा भने गिरावट

४४.४५ अंकले बढ्याे नेप्से परिसूचक, कारोबार रकममा भने गिरावट

काठमाडाैं, १४ असाेज । पछिल्ला दिनयता लगातार घटिरहेकाे शेयर बजारमा साेमबार भने सुधार देखिएको छ । आज सयर बजार मापक नेप्से परिसूचक ४४.४५ अंकले बढेकाे छ ।

यसदिन २४६६ बिन्दुबाट सुरु भएको कारोबार सामान्य उतारचढावका बिच २५०८.८६ बिन्दुमा उक्लिएको हो।

आज नेप्से परिसूचक बढेपनि कारोबार रकममा भने गिरावट आएको छ। कुल ३१९ कम्पनीको ९७ लाख १७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७१ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ। यसअघि केही दिनको कारोबार रकम ४ अर्बभन्दा बढी थियो।

आज २१० कम्पनीको सेयर मूल्य बढेको छ। ३३ कम्पनीको मूल्य घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रह्यो।

आज म्युचिअल फण्ड बाहेक बाँकी सबै उपसूचक बढेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x