Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

समयमै काम सम्पन्न नगर्ने २ दर्जन निर्माण कम्पनी कालोसूचीमा

समयमै काम सम्पन्न नगर्ने २ दर्जन निर्माण कम्पनी कालोसूचीमा

काठमाडाैं, १५ असाेज । सरकारले जिम्मा लिएको काम समयमै पूरा नगर्ने दुई दर्जन निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना जारी गर्दै २३ निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो।

कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउनेछैनन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार यूएईको निर्माण कम्पनी एमएस एसटीके ग्लोबललाई ३ वर्ष, स्काई बिल्डर्स, वाइबा एन्ड लामा, जानकी निर्माणसेवालाई सडक विभागको सिफारिसमा साढे २ वर्ष कालोसूचीमा राखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x