Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

आजदेखि ४० मेगावाट विद्युत बङ्गलादेश निर्यात

आजदेखि ४० मेगावाट विद्युत बङ्गलादेश निर्यात

काठमाडौं, ३० कात्तिक । आज नेपालबाट ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात हुने भएको छ । यसको उद्घाटन भर्चुअल रूपमा संयुक्त रूपमा तीन देशका ऊर्जामन्त्रीले गर्नेछन् ।

त्यसपछि आज राति १२ बजेसम्म नेपालबाट बङ्गलादेशमा ४० मेगावाट विद्युत् गएर नेपाल–बङ्गलादेशबिच विद्युत् व्यापारको औपचारिक सुरुवात हुनेछ ।
नेपाल, भारत र बङ्गलादेशबिच भएको त्रिदेशीय सम्झौता अनुसार जुन १५ देखि नोभेम्बर १५ सम्म नेपालबाट बङ्गलादेशमा विद्युत् निर्यात हुनेछ । तर भोलि निर्यात भएपछि यो वर्ष (सन् २०२४) मा थप विद्युत् निर्यात हुनेछैन । त्यसपछि २०२५ को जुन १५ देखि फेरि निर्यात सुरु हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x