Date

बुध, पुस ३, २०८१
Wed, December 18, 2024

आज पनि घट्याे नेप्से परिसूचक, ४ अर्बमा खुम्चियाे काराेबार

आज पनि घट्याे नेप्से परिसूचक, ४ अर्बमा खुम्चियाे काराेबार

काठमाडौं, ३ पुस । बुघबार नेपाल स्टक एक्सचेञ्ज नेप्से ५.६० अंकले घटेको छ । आज सेयर बजार मापक नेप्से परिसुचक ०.२१ प्रतिशतले घटेर २ हजार ६ सय २८ बिन्दुमा पुगेको छ।

यस दिन ८१ लाख ४७ हजार ३२० कित्ता सेयर ४ अर्ब २७ करोड ८२ हजारमा कारोबार भएको छ । हिजो ८९ लाख ३९ हजार ३४८ कित्ता सेयर ४ अर्ब ३४ करोड ३२ लाख ३४ भएको थियो ।

आज कारोबार भएको बजारमा ८१ कम्पनीको सेयर मुल्य बढेको छ भने १४९ वटा कम्पनीको सेयर मुल्य घटेको छ । यस्तै १२ सेयरको मूल्य स्थिर रहेको छ ।

यस दिन उपकार लघुबित्त बित्तीय संस्था र सपोर्ट माइक्राेफाइनान्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मानुसि लघुबित्त बित्तीय संस्थाको सेयर मुल्य ८.२३ प्रतिशतले बढेको छ ।

यस्तै आजकुनै कम्पनीको सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज फाइनान्स, माइक्राेफाइनान्स र ट्रेडिङ्ग समूह बाहेक अन्य सबै समूहका उपसुचकहरु घटेका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x