Date

बुध, पुस ३, २०८१
Wed, December 18, 2024

३ प्रतिशतले बढ्याे विस्तृत मुद्राप्रदाय, वैदेशिक सम्पत्ति कति ?

३ प्रतिशतले बढ्याे विस्तृत मुद्राप्रदाय, वैदेशिक सम्पत्ति कति ?

काठमाडौं, ३ पुस । आर्थिक वर्ष २०८१÷८२ को चार महिनामा विस्तृत मुद्राप्रदाय ३.० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ३.७ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ कात्तिक मसान्तमा विस्तृत मुद्राप्रदाय १२.१ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) रु.२०५ अर्ब ८३ करोड (१०.३ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु.१५० अर्ब २४ करोड (१०.३ प्रतिशत) ले बढेको थियो।

समीक्षा अवधिमा सञ्चित मुद्रा २.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ६.६ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ कात्तिक मसान्तमा सञ्चित मुद्रा ३.८ प्रतिशतले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x