Date

बुध, पुस ३, २०८१
Wed, December 18, 2024

५ महिनामा वार्षिक लक्ष्यकाे साढे २७ प्रतिशत राजस्व संकलन

५ महिनामा वार्षिक लक्ष्यकाे साढे २७ प्रतिशत राजस्व संकलन

काठमाडौं, ३ पुस । चालु आर्थिक वर्षको ५ महिनामा सरकारले वार्षिक लक्ष्यकाे २७.५७ प्रतिशत राजस्व संकलन गरेकाे छ । साउनदेखि मंसिर मसान्तसम्ममा वार्षिक लक्ष्यकाे २७.५७ प्रतिशत अर्थात ४ खर्ब ५ अर्ब ७७ कराेड रूपैयाँ राजस्व संकलन भएकाे छ ।

यस अवधिमा कर राजस्व २८.२३ प्रतिशत अर्थात ३ खर्ब ६२ अर्ब ५८ करोड ५ लाख, गैरकर राजस्व २७.४ प्रतिशत अर्थात ३७ अर्ब १ करोड ८४ लाख रूपैयाँ उठेकाे छ ।

याे वर्ष सरकारले १४ खर्ब १९ अर्ब ३० कराेड राजस्व संकलनकाे लक्ष्य लिएकाे छ ।

यस्तै यस वर्ष सरकारले ५२ अर्ब ३२ कराेड ६५ लाख रूपैयाँ वैदेशिक अनुदान लिने लक्ष्य राखेकाेमा मंसिर मसान्तसम्म कुनै अनुदान लिएकाे देखिदैन ।

गत वर्षकाे यसै अवधिमा सरकारले लक्ष्यकाे २६.०७ प्रतिशत अथवा ३ खर्ब ८३ अर्ब ९२ कराेड ४२ लाख रूपैयाँ राजस्व संकलन गरेकाे थियाे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x