माउण्टेन इनर्जी नेपालकाे साधारणसभा पुस २८ गते, ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने
काठमाडाैं, ४ पुस । माउण्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को साधारणसभा यहि पुस २८ गते आह्वान गरेको छ। कम्पनीको साधारणसभामा लाभांश र हकप्रद सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब २६ करोड ३२ लाख ३१ हजार रुपैयाँ रहेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ। साथै कम्पनीले १५ प्रतिशत बोनस शेयरपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ।
कम्पनीका अनुसार १५ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख १५ हजार रुपैयाँ हुन आउंछ । सो चुक्ता पुँजी १स्०।५० अनुपातमा १ अर्ब ३० करोड १३ लाख ५७ हजार ८ सय ५४ रुपैयाँ बराबरको १ करोड ३० लाख १३ हजार ५ सय ७८ दशमलव ५४ कित्ता हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव कम्पनीले गरेको हो । विद्युत नियमन आयोगको सहमति लिई हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव आगामी बार्षिक साधारण सभामा स्वीकृतीको लागि पेश गर्ने निर्णय कम्पनीले गरेको छ । कम्पनीले ६५ मेगावाटको दुध खोला जलविद्युत आयोजनामा लगानी गर्ने प्रयोजनको लागि हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस संगै पुस १० गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:
साधारण प्रस्तावहरुः
१. एघारौं वार्षिक साधारण सभाको लागि संचालक समितिको तर्फवाट प्रस्तुत आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्वन्धमा ।
२. यस कम्पनीको लेखा परिक्षकको प्रतिवेदन, सहित २०८१ आषाढ मसान्त सम्मको वासलात,२०८०/८१ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तिय विवरणसंग सम्वद्ध अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने सम्वन्धमा ।
३. कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस कम्पनीको आव २०८१/८२ को लागि लेखा परिक्षण गर्न लेखा परिक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक तोक्ने सम्बन्धमा ।
४. संचालक समितीले प्रस्ताब गरेको लाभांश स्वीकृत गर्ने सम्बन्धमा ।
५. संचालक समितिको निर्वाचन (एक महिला) गर्ने सम्वन्धमा ।
विशेष प्रस्तावहरुः
१. संचालक समितिले प्रस्ताब गरे बमोजिम आव २०८०/८१ को लागि चुक्ता पूंजीको १५ प्रतिशतका दरले हुने रु. ३३ कराेड ९४ लाख ८४ हजार ६५८ रुपैंया बोनस शेयर बितरण गर्न र सोमा लाग्ने कर प्रयोजनको निमित्त ०.७८९५ ५ अर्थात रु.१ कराेड ७८ लाख ६७ हजार ४१४ रुपैंया नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) बितरण गर्न स्वीकृति प्रदान गर्ने सन्वन्धमा ।
२. कम्पनीको चुक्ता पूंजी रू २ अर्ब २६ कराेड ३२ लाख ३१ हजार ५० रूपैंयामा प्रस्तावित बोनस बितरण पश्चात कायम हुन आउने चुक्ता रू २ अर्ब ६० कराेड २७ लाख १५ हजार ७०८ रूपैंयाको १ः ०.५० अनुपातमा रू १ अर्ब ३० कराेड १३ लाख ५७ हजार ८५४ बराबरको १ कराेड ३०लाख १३ हजार ५ सय ७८.५४ कित्ता हकप्रद शेयर जारी गर्ने सन्वन्धमा ।
३. कम्पनीको प्रवन्ध पत्रको दफा ६ ( ख र ग) संशोधन गर्ने सन्वन्धमा ।
४. कम्पनीको नियमावलीको नियम २७ (२) संशोधन गर्ने सन्वन्धमा ।
५. सम्वन्धित निकायवाट प्रवन्ध पत्र तथा नियमावलीमा सामान्य संशोधन गर्न माग भए अनुरुप आवश्यक संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सन्वन्धमा ।