Date

बिहि, पुस ४, २०८१
Thu, December 19, 2024

नेपाल टेलिकमको लोगो प्रयोग गरी सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह

नेपाल टेलिकमको लोगो प्रयोग गरी सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह

काठमाडाैं, ४ पुस । हाल नेपाल टेलिकमले आउँदै गरेको क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर रु. ५ हजार सम्मको नगद तथा उपहारको व्यवस्था गरेको भनेर नेपाल टेलिकमको आधिकारिक लोगो समेत प्रयोग गरी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भइरहेकाे भन्दै टेलिकमले सचेत रहन आग्रह गरेकाे छ ।

कम्पनीको आधिकारिक ब्लु टिक सहितको फेसबुक र एक्स  लगायतका सामाजिक सञ्जालमा भएका सूचना तथा कम्पनीको  आधिकारिक वेबसाइटलाई  मात्र  आधार  मानेर कम्पनीका सेवा वारेमा अद्यावधिक हुन सम्पूर्ण ग्राहकवर्गमा अनुरोध गरेकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x