सामान्य बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ किनबेच ?
काठमाडाैं, १८ पुस । बिहिबार नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ । बुधबार प्रतितोला एक हजार ५ सय रूपैयाँ बढेकाे सुनको मूल्य आज तोलामा ४०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार रूपैयाँमा कारोबार भएको थियो।
बिहिबार चाँदीको मूल्य बढेकाे छ । बुधबार प्रतितोला एक हजार सात सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार सात सय ९० रूपैयाँ किनबेच भइरहेको छ ।