Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

आजबाट फोन र इन्टरनेट सेवामा १३ प्रतिशत मुल्य बढ्यो, हेर्नुहोस के के मा बढ्यो मुल्य ?

आजबाट फोन र इन्टरनेट सेवामा १३ प्रतिशत मुल्य बढ्यो, हेर्नुहोस के के मा बढ्यो मुल्य ?

काठमाडौं,१साउन  ।  आजदेखि नयाँ आर्थिक वर्ष सुरु भएको छ । आर्थिक बर्ष सुरु भएसँगै सरकारले ल्याएको बजेट पूर्ण कार्यान्वयमा जादै छ ।  जेठ १५ मा बजेट आए लगत्तै चुरोट, रक्सी लगायतमा लाग्ने अन्तशुल्क, भन्सार महशुल , मूल्य अभिबृद्धि कर, सडक मर्मत तथा सुधार दस्तुर बढी सकेको छ  । यि सगै आजबाट तपाइ हामीले चलाउने इन्टरनेट फोन सेवामा अव १३ प्रतिशत थप पैसा तिर्नु पर्ने भएको छ । यसै गरी नयाँ फोन जडान गर्दा पनि थप १ हजार रुपैयाँ शुल्क लाग्नेछ । कार, जिप भ्यान लगायतका गाडी किन्दा मूल्यको १० प्रतिशतसम्म रजिष्ट्रेशन शुल्क तिर्नुपर्ने भएको छ । मोटरसाइकलको मूल्य बढेको छ । अब १ सय ५० सीसीसम्मको मोटरसाइकलले १५ हजार, २ सय ५० सीसीसम्मको मोटरसाइकलको १८ हजार, ४ सय सीसीसम्मको ५० हजार र त्यसभन्दा माथि २ लाख रुपैयाँसम्म रजिष्ट्रेशन शुल्क तिनुपर्ने भएको छ

दुरसंचार सुल्क १३ प्रतिशत

प्रदुषण नियन्त्रण शुल्क ५० पैसा प्रतिलिटर

सवारी रजिष्ट्रेशन शुल्क बृद्धि

क्यासिनोको रोयल्टी बृद्धि

यस्तै नेपालभित्र सडक निर्माणको लागि सवारी दर्ता गर्दा पनि अब शुल्क तिर्नुपर्ने भएको छ । यस्तै पेट्रोलियम पदार्थमा प्रतिलिटर ५० पैसाका दरले प्रदुषण नियन्त्रण शुल्क पनि बढेको छ ।

यस्तै सामाजिक सुरक्षाका लागि १ प्रतिशतबाहेक सरकारले वर्षमा २५ लाख रुपैयाँसम्म कमाउने व्यक्तिबाट २५ प्रतिशतसम्म आयकर लिंदै आएको छ । आजबाट  सामाजिक सुरक्षाको १ प्रतिशत बाहेक १०, २० र ३० प्रतिशतको दरले आयकर तिर्नुपर्ने छ ।

यस्तै क्यासिनो चलाएबापत ४ करोड र मेसिनबाट खेलाइने क्यासिनोमा थप १ करोड गरी ५ क्यासिनो रोयल्टी ५ करोड रुपैयाँ पुगेको छ । क्यासिनोको रोयल्टी, वनजन्य वस्तु, मदिराको इजाजत शूल्क, प्रदेश र स्थानीय तहको क्षेत्राधिकार अन्तर्गतका कर लगायत पनि मंगलबारदेखि कार्यान्वयनमा आउने भएकाले महँगी बढ्ने भएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x