Date

शुक्र, माघ ४, २०८१
Fri, January 17, 2025

अब २५ करोड रुपैयाँ चुक्ता पुँजी भएका कम्पनीहरूको दोस्रो बजारमा छुट्टै सेयर कारोबार गर्न पाउने

अब २५ करोड रुपैयाँ चुक्ता पुँजी भएका कम्पनीहरूको दोस्रो बजारमा छुट्टै सेयर कारोबार गर्न पाउने

काठमाडाैं, ३ माघ । साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१ लागू भएको छ । उक्त नियमावली अनुसार अब बढीमा २५ करोड रुपैयाँसम्म चुक्ता पुँजी भएका कम्पनीहरूको दोस्रो बजारमा छुट्टै सेयर कारोबार गर्न सक्नेछन् ।

बोर्डले बिहीबारदेखि नियमावली लागू गरी कार्यान्वयनका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एन्ड क्लियरिङलाई पनि निर्देशन दिइसकेको छ । नियमावली लागू भएसँगै नेप्सेले साना तथा मझौला संगठित संस्थाको धितोपत्र कारोबार तथा सूचीकरणसम्बन्धी विनियमावलीको मस्यौदा बनाउनेछ । त्यो विनियमावली धितोपत्र बोर्डबाट स्वीकृत भएपछि साना कम्पनीहरूको दोस्रो बजारमा छुट्टै कारोबारका लागि नीतिगत बाटो खुला हुनेछ ।

साना कम्पनीले निष्कासन गरेको सेयरमा न्यूनतम ५०० कित्ता सेयरमा आवेदन दिनुपर्ने छ । सेयर निष्कासनको लागि खुला गरिएको धितोपत्र बिक्री बन्द भएको मितिले १५ दिनभित्र बाँडफाँट गर्नुपर्ने छ । संस्थाको उपस्थिती र बजारको अवस्था हेरी अर्थ मन्त्रालयको स्वीकृलि लिई बोर्डले अधिकतम सिमा घटाउन वा बढाउन सक्नेछ ।

कम्पनीले जारी पुँजीको ३० प्रतिशत भन्दा घटी र ४९ प्रतिशत भन्दा बढी नहसने गरी सेयर निष्कासन गर्न सक्नेछन् । सेयर निष्कासन गर्न पब्लिक कम्पनी भएर कारोबार सञ्चालन गरेको १ वर्ष पुरा गरेको, मर्चेन्ट बैंकर र योग्य संस्थागत लगानीकर्ताले खरिद गरेको धितोपत्र सर्वसाधारणलाई धितोपत्र बाँडफाँट भएको मितिले तीन वर्षसम्म बिक्री वा हस्तान्तरण गर्न पाइने छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x